पथरी । लोकतान्त्रीक बाम गठबन्धनका संयुत्त साझा उम्मेद्धवार डा. शुनिल शर्माले प्रदेश न. १ लाई किरात प्रदेश नामांकनको सवालमा आफनो महत्वपूर्ण भूमिका रहने बताएका छन ।
मंगलबार मोरङको बेलबारीमा किरात राई यायोक्खा मोरङले आयोजना गरेको प्रदेश न. १ को नाम किरात प्रदेश नामाङकन गर्न उम्मेद्धवारको प्रतिबद्धता जनाउने कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले प्रतिबद्धता जनाएका हुन ।
मोरङ क्षेत्र न. ३ का प्रतिनिधिसभाको उम्मेद्धवार शर्मा सहित मोरङ क्षेत्र न. ३ (ख) का उम्मेद्धवार लक्ष्मी श्रेष्ठ सहितलाई यायोक्खाले प्रदेश १ लाई किरात प्रदेश नामाकाङकन गर्न उम्मेद्धवारको प्रतिबद्धता कार्यक्रम राखेको थियो ।
उत्त कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रिय उपाध्यक्ष तिलक याम्फु राई उपमहासचिव अर्जुन जम्नेली राई, केन्द्रिय सदस्य नराहाङ राई लगायतको उपस्थिती रहेको थियो ।
किरात राई यायोक्खा मोरङका अध्यक्ष केदार चाम्लीङ राईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव काँसिहाङ राईले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया