
पथरी । कोरोना महामारीले बिश्व तहस नहस भएको बेला दीपेन्द्र तिम्सीनाले एउटा किताव लेखे “जेसिज” । १ सय ६१ वटा नेपालभरि शाखाका संस्थापक अध्यक्ष, सन् २०२१ सम्मका अध्यक्ष सहितको नाम समेटिएको पुस्तक हो ।
२०६० सालदेखी पत्रकारिता गरेका दिपेन्द्र तिम्सीना साइकलमा जाँतेको माथिल्लो भेगदेखी रंगेलीसम्मा समाचार संकलनका लागी पुगेर आफनो पाठकलाई सन्तुष्ट दिन्थे ।
त्यो समय ब्लाष्ट टाइम्स दैनिक पत्रिकामा दिपेन्द्र तिम्सीनाको बाइलाइन नाम भएको समाचार नछापिए दिपेन्द्र तिम्सीना बिरामी परेछ क्या हो भनेर उनका पाठकले चिया पसलमा खोजी हुन्थ्यो ।
पाथीभरा एफएममा संवाददाता र पथरीबाट प्रकाशित हुने लोकप्रिय अनमोलमणि साप्ताहिक पत्रिकाको समाचार सम्पादकको जिम्मेवारी समेत पुरा गरे । पत्रकारिता पश्चात पथरीमा दिलसा छापाखाना संचालन गरी ब्यवसायमा प्रबेश गरेका दिपेन्द्रको श्रीमती लिलाले अहिले पनि यो पेशालाई निरन्तरता दिएकी छिन ।
दिपेन्द्र तिम्सीना पत्रकारिता पेशा छाडे पछि खोजमुलक पुस्तक लेखन सम्पादन र प्रकाशनमा योगदान पुर्याउदै आएका छन । ९ वटा पुस्तक प्रकाशन गरीसकेका दिपेन्द्र पथरीशनिश्चरे नगरको सबैभन्दा बढी पुस्तक लेखक र प्रकाशक भएका हुन । तिम्सीनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङ क्षेत्र न. २ को एक चिनारी २०७०, पथरीशनिश्चरे नगरको एक चिनारी २०७७, जेसिज दस्तावेज बिगतदेखी बर्तमानसम्मा प्रथम संस्करण २०७७, दोस्रो संस्करण २०७८, धिमाल जातीको इतिहास बिगतदेखी वर्तमानसम्मा २०७८, इतिहासमा पथरीशनिश्चरे २०७८ र मोरङका जनप्रतिधि संङगालो २०७९ रहेका छन ।
उदयपुरको साबिक ठानागाँउमा जन्मीएका दिपेन्द्रका स.परिवार पथरीशनिश्चरे १० मा बसाई सरि आएका थिए । हाल नेपालमा रहेका बिश्वका शरणार्थीहरुको खोजी गर्दै नयाँ खोजी पुस्तक खोजी गर्दै गरेका छन । दिपेन्द्र तिम्सीनालाई शुभकामना छ






