पथरी । एउटा चिया पसल र टिकट काउन्टरको ३० हजार भाडा तिरेर तिरेर पनि ब्यवसायमा टिक्नु सामन्य कुरा होइन ।
टिकट काउन्टर र चिया पसल फाल्टोफाल्टै सटर छ । एउटा सटरमा यातायात सेवाको काउन्टर र अर्को सटरमा चिया पसल ।
कथा पथरीशनिश्चरे १ फुलबारी चौकको सिता चिया पसलको सञ्चालक ४५ वर्षकी सिता भट्टराईको हो । बिगत २० वर्षदेखी सिता भट्टराईले चिया पसल चलाएर बसिन । श्रीमान केशव पेशाले ड्राइभर हुन । केशव साना तथा हलुका सवारी कुदाउछन । सिता आफनो पसलमा बिहान ३ बजे नै उठेर पसल खोल्छीन । आफनो पेशाप्रती अतिनै लगाव भएको कारण सिताले परिवारको असल गृहणि र ब्यवसायमा सफल भइन । स्वादिलो खाजा नास्ता बनाउछिन । दैनिक १६ लिटर सम्माको चिया बेच्छिन ।
यहि पसलबाट भएको आम्दानीले पथरीशनिश्चरे २ मा १३ लाख रुपैयामा १० धुर घडेरी किनेकी छिन । आफन्त नातागोता छरछिमेकी राख्न सिपालु सिता निम्तो आए जती सबैजसो कार्जेमा सहभागिता जनाउछिन ।
सामन्य छाप्राबाट सुरु गरेको पसलको आम्दानीले अहिले अन्र्तराष्ट्रिय ब्राण्ड प्राप्त पथरीशनिश्चरे १ मनकामना साकोस र पथरीशनिश्चरे साकोसको शेयर किनेकी छिन ।
अब २ बर्षपछिदेखी घर बनाउन सुरु गर्ने योजना रहेको पनि सिताले सुनाइन । घरको सबैलाई समेटेका छन । घरमा छोरा छोरी गरिखाने अवस्थामा पुर्‍याएकी छिन ।

तपाईको प्रतिक्रिया