पथरी । नेकपा एमालेबाट प्रदेश १ लागी मोरङ क्षेत्र न. ३ (क) बाट सदस्य पद्का उम्मद्धवार दिलिपकुमार राई (किशोर) एकलौटी मैदानमा खेली रहेका छन ।
किशोर राई पथरीशनिश्चरे नगरपालिका वडा न. १ का स्थाई बासिन्दा हुन भने पथरीशनिश्चरे नगरपालिकाको पूर्ब प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन ।
किशोरका बलिया प्रतिद्धन्दी नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेर आएका शेखरचन्द्र थापा हाल काठमाण्डौंका हेम्स अस्पतालमा उपचाररत छन ।
वन वातावरण तथा भू संरक्षणमन्त्री थापाले आफनो लागी मत माग्न जनतासम्मा जान नसकेकै कारण किशोर राई मैदानमा एक्ला खेलाडी कै रुपमा रहेका छन ।
माओबादी र एमालेको बलियो गठबन्धन हुदा पनि प्रदेश सदस्य पदमा निर्वाचनमा पराजय ब्यहोरेको थियो । नेपाली कांग्रेसका उम्मेद्धवार सुयर्माराज राईले निर्वाचन जितेका थिए । त्यो अवस्थामा माओबादीको बलियो साथ पाएको एमालेले यस पटक पार्टी बिभाजन भए पछि नेतृत्व तहमा रहेर निर्वाचन हाक्ने नेताहरु सभाषद चण्डीप्रसाद राई डा. देउमान सम्बाहाम्फे, प्रदेश सांसद कृष्णकुमारी राई, कुमार चाम्लीङ, तुलसी ढकाल लगायतका नेताहरुको नेकपा एमालेको साथ छैनन । एमालेकै पुराना नेता मान प्रसाद लिम्बु र कृष्णकुमारी बिक हस्तीहरु नेकपा एसबाट समानुपातिक सांसदका उम्मेद्धवार भएर लागी रहेका छन ।
हाल मैदानमा मंगोल नेशनल अर्गनाइजेसन, मञ्च सम्बद्ध सम्बद्ध संघिय लिम्बुवान पार्टीको उम्मेद्धवारहरुको निर्वाचन प्रचारको प्रभावकारी रुपमा अगाडी आएको देखिदैन ।

तपाईको प्रतिक्रिया