
पथरी । बुढेसकालमा एकल जीवन बिताउदै आएका ६३ वर्ष उमेर पुगेका तुलसीराम परियारलाई नागरिकता नहुदाको पिडा महसुष गर्छन । भन्छन्, मर्ने बेलामा मैले दुख: पाएको छु । नागरिकता भएको भए त बृदा भत्ताले जीवन चलाउन सहज हुने थियो । त्यो पनि छैन । उमेर हुदा सबैले काम लगाए । अहिले बुढेसकाल लागे पछि काम गर्नै सक्दीन, उनि भन्छन ।
यि बृद तुलसिराम परियार हुन । उनको जन्म २०१६ साल मंसिर १ गते उदयपुरमा भएको सुनाउछन । २०२५ सालदेखी पथरी आएर बसेको स्थानियहरु पनि बताउछन ।
कुमार सुब्बा प्रधानपञ्च भएको बेला उनको नागरिकता बनाइदिएको बताउछन । पथरीशनिश्चरे ३ का पदम फुयलसंग एकैदिन नागरिकता निकाले बताउछन ।
तर काम गर्न झापा जाँदा उनि खोला तर्ने क्रममा झोलामा बोकेको रासन पानी ओढने ओच्छाउने र अन्य सामन सहित झोलाको गोजीमा राखेको नागरिकता समेत बगायो ।
त्यही दिनदेखी नागरिकता बिहिन भएका तुलसिराम अहिलेसम्मा नागरिकता बिहिन भएर बसेका छन । एक जना भतिजा रहेको सुनाउछन । एक जना श्रीमती देशमाया लिम्बुको ११ वर्ष अगाडी मृत्यु भयो । श्रीमतीको नागरिकता पनि थियो । केही मानिसले मरेको मान्छेको चिनो चपेटा राख्नु हुदैन भने पछि त्यो पनि फयाकेको उनि बताउछन । १ छोरा ३ महिना उमेर नपुग्दै इटहरीमा मृत्यु भएको बताउछन । हाल सामन्य हिडडुल गरेर धामी झाक्रीको काम गर्छन ।
उनको दैनिक खाना उनको आफनै भान्जा पथरीशनिश्चरे ३ को चित्रबहादुर परियारले गरिरहेका छन । उनि भन्छन, मर्ने बेलामा नागरिकता बनाईदिए उसलाई म आर्शिरवाद दिन्छु । ठुलो धर्म हुने थियो ।






