पाख्रिवास । नेपाल सरकारले प्रतिबन्ध लगाएको गाँजालाई वैधानिकता दिन माग ३ दिने मेला लगाउन सुरु गरेको छ ।
आइतवारदेखी ३ दिने गाँजा सचेतनाको शिर्षकमा सहिदभूमि गाउँपालिकाको छिन्ताङमा गरिएको थियो ।

प्रदेश नं. १ का भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका मानिसहरु सो कार्यक्रममा उपस्थित भए ।

गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागुऔषध जन्य बस्तुबाट हटाउन नेपाल सरकारलाई अनुरोध माग गरे । यसलाई नेपालमा पनि वैधानिकता दिनुपर्ने अभियन्ता राजीव काफलेले माग गरे ।
विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा प्रतिकेजी ८ लाख र युरोपमा २५ लाखसम्म रहेकाले नेपालको लागि गाँजा प्रमुख आयस्रोत हुने अभियन्ता काफलेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया