बिजय खम्बु
पथरी । साझा लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेर आएका सुनिल शर्मा नेकपा एमालेको किल्ला तोडने धाउन्नमा हिडेका छन ।
शर्माले यस पटक इतिहास रच्ने गरि आफनो चुनाबि एजेन्डाको रुपमा “पैसा नभएकै कारण उपचार नपाएर कोही कसैले ज्यान गुमाउनु नपरोस” भन्ने मुल मन्त्र अगाडी सारेको छ ।
गत २०७४ मा निर्वाचनमा ढकालसंग शर्मा १९ सय मत अन्तरले पराजजित भए पनि १ लाख ४० हजार जना भन्दा बढी नागरिकलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान रहेकै कारण शर्माको पल्ला भारी देखिन्छ ।
४ वटा स्थानिय तह छोएको मोरङ क्षेत्र न. ३ मा नेकपा एमाले पार्टीले नेतृत्व गरेको छ । पथरीशनिश्चरे नगरपालिकामा मेयर उपमेयर ५ वटा वडा नेकपा एमालेको नेतृत्व छ ।
पथरीशनिश्चरेको वडा न. १, २, ७, ८ र १० नेकपा एमालेको नेतृत्व छ । यस्तै वडा ३, ४, र ९ नेपाली कांग्रेस छ भने साबिक हसन्दह गाबिस हाल पथरीशनिश्चरे नगरपालिका अन्तरगत रहेको वडा न. ५ र ६ नेपाली कांग्रेसको नेतृत्व रहे पनि मोरङ क्षेत्र न. २ समेटिएको छ ।
यस्तै कानेपोखरी गाँउपालिकाको हकमा नेकपा एमालेसंग गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडा न. ५, ६ र ७ नेकपा एमालेले नेतृत्व गरेको छ भने वडा न. ४ नेपाली कांग्रेसले नेतृत्व गरेको छ ।
बेलबारी नगरपालिकामा भने प्रमुख नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बेलबारीको ११ वटा वडा मध्ये वडा १, ४, ९, १० र ११ को नेतृत्व नेपाली कांग्रेसको नेतृत्व छ भने वडा न. २ र ३ मा नेकपा एमालेको छ । वडा न. ८ भने नेपाली कांग्रेसको बागी उम्मेद्धवारले जितेका छ । बेलबारी नगरपालिकाको वडा न. ५, ६ र ७ भने अर्कै क्षेत्र अन्र्तरगत परेको पर्छ।
यस्तै सुन्दर हरैचा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमाले पार्टीले जितेको छ । सुन्दर हरैचा नगरपालिको ६ वटा वडाहरु मोरङ क्षेत्र न. ३ मा पर्दछ । वडा न. १ र ९ नेपाली कांग्रेसको छ भने ८, १०, ११ र १२ नेकपा एमालेले नेतृत्व गरेको छ । १२ वटा वडा रहेको सुन्दर हरैचाको अन्य ६ वटा वडा भने अर्कै क्षेत्रमा पर्दछ ।
यसरी स्थानिय तहको निर्बाचन परिणामलाई हेर्दा भानुभत्त ढकाल बलियो उम्मेद्धवार देखिए पनि सुनिल शर्मा स्थानिय उम्मेद्धवार भएको कारण बलियो पकड रहेको मतदाताहरु बताउछन ।
भानुभत्त ढकाल मन्त्री हुदा बिभिन्न आरोपहरु बिपक्षीले लगाएको एमालेजन बताउछन ।

तपाईको प्रतिक्रिया