पथरी । प्रदेश न. १ का पूर्व मुख्यमन्त्री शेरधन राई भन्दा प्रतिनिधिसभाका सांसद सुदन किराती बलियो देखिएका छन ।
साझा लोकतान्त्रीक बाम गठ बन्धनका उम्मेद्धवार रहेका सुदन किराती स्थानिय निर्वाचनको मत परिणाम र भोजपुरका सामाजिक सांस्कृतिक अगुवाहरुको समर्थन हेर्दा सुदन किराती बलियो उम्मेद्धवारको रुपमा देखिएको छ ।
जस अनुसार अरुण गाँउपालिका अध्यक्ष, र उपाध्यक्ष दुबै पद्मा काङग्रेसले जितेको छ । वडा अध्यक्षहरुमा माओबादीले वडा न. २, ४, ६, ७ कांग्रेसले ३ र ५ एमालले वडा न. १ जितेको छ ।
यस्तै आमचौक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद माओबादी केन्द्रले जितेको छ भने वडा अध्यक्षहरुमा माओबादीले वडा न. ५, ६, ७, ८, ९ र १० वटा वडाको नेतृत्व गरेको छ भने नेकपा एमालेले वडा न. ३ र ५ अनि कांग्रेसले १ र २ वडाहरु जितेको छ ।
यस्तै टयाम्केमैयुङ गाउपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले पार्टीले जितेको छ । वडा अध्यक्षहरुमा नेकपा एमालेले १, ३, ५, ६ र ८ जितेको छ भने कांग्रेसले ४ र ७ माओबादी केन्द्रले वडा न. ९ र जनता समाजबादी पार्टीले वडा न. २ जितेको छ ।
पौवादुङमा गाउँ पलिकाको अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको छ । वडा अध्यक्षहरुमा एमालले १, ५ र ६ जितेको छ । माओबादी केन्द्रले ३ र ४ वडामा जित हात पारेको छ भने वडा न. २ कांग्रेसले जितेको छ ।
जिल्लाकै सदरमुकाम भोजपुर नगरपालिकाको प्रमुख कांग्रेसको जितेको छ भने उपप्रमुख एमालले जितेको छ । वडा न. २, ३, ४, ५, ७, १०, ११ र १२ नेपाली कांग्रेसले जितेको छ । वडा न. ६, ८ र ९ एमालेले जितेको छ भने वडा न. १ माओबादी केन्द्रले जितेको छ ।
यस्तै रामप्रसाद राई गाउँपालिकामा माओबादी र कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेका छन । वडा न. ५, ६, ७ र ८ एमालेले जितेको छ । वडा न. १, ३ र ४ माओबादी केन्द्र र वडा न. २ स्वातन्त्र उम्मेद्धवाले जित निकालेको थियो ।
भोजपुर जिल्लाकै सबैभन्दा ठुलो पालिका रहेको षडानन्द नगरपालिका को प्रमुख नेकपा एमालेले जितेको छ भने उपप्रमुखमा माओबादी केन्द्रले जितेको छ । वडाअध्यक्षहरुमा १, ५, ७, १०, १२ र १४ मा नेकपा एमालेले जितेको छ । नेपाली कांग्रसले वडा न. २, ४, ६, ८, ११ र १३ मा जित निकालेको छ । माओबादी केन्द्रले वडा न. ३ र नेकपा एसले वडा न. ९ को नेतृत्व गर्ने अवसर पाएको छ ।
यस्तै साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वातन्त्र उम्मेद्धवारले जितेको छ भने उपाध्यक्ष कांग्रेसले जितेको छ । वडा अध्यक्षहरुमा वडा न. १, ३, ४, ५ र ६ कांग्रेसले जितेको छ भने नेकपा एमालेले २ न. वडा जितेको छ ।
यस्तै हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले रहेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । वडा अध्यक्षहरुमा १, २, ३, ४, ५, ६ र ९ नेकपा एमालेले नेतृत्व गरेको छ भने वडा न ७ र ८ नेपाली कांग्रेसले जितेको छ ।
नेपाली काग्रेस माओबादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको हुनाले सुदन किराती बलियो देखिन्छ । ८३ वटा वडाहरु मध्ये गठबन्धनको पक्षमा ४९ वडा रहेको छ भने नेकपा एमाले र जनता समाजबादीको ३४ वडा तथ्याङकले देखाउछ ।

तपाईको प्रतिक्रिया