पथरी । साझा लोकतान्त्रीक बाम गठबन्धनबाट मोरङ क्षेत्र न. ३ का उम्मेद्धवार सुनिल शर्माले सांसद जितेर गए पछि तलव भत्ता नलिने घोषणा गरेका छन ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका डा. शर्माले भ्रष्ट्रचार गर्नु आफनो जन्मदिने आमाको रगत खाए सरह हुने भन्दै आफुले निर्वाचन जितेर गएमा तलब भत्ताबाट आउने सुबिधा नलिने घोषणा गरेका हुन ।
चनाव प्रचारको क्रममा कोणसभालाई सम्बोधन गर्दै डा. शर्माले प्रतिबद्धता ब्यात्ता गर्दा आफुले भ्रष्ट्रचार त के १ रुपैयाँ तलव र भत्ता पनि नलिने घोषणा गरेका थिए । दिनदुखीको निशुल्क उपचार गरेर स्यावासी कमाएर निर्वाचनमा होमिएका डा. शर्माले बताए । मतदाताहरुको घरदैलोमा चौक टोलमा कोणसभा गर्दै हिडेका शर्मा पैसा नभएको कारण उपचार नपाएर मृत्युवरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने आफनो मुख्य योजना रहेको बताउदै आएका छन ।
डा. शर्माको साथमा माओबादी केन्द्रका सभाषद लालबहादुर सुस्लीङ मगर सहित समानुपातिक उम्मेद्धवार रञ्जु कटवाल, गिता तिम्सीना, नेकपा एकिकृत समाजबादी पार्टीबाट सभाषद चण्डीप्रसाद राई प्रदेश १ की सांसद कृष्णकुमारी राई, सुकुम्बासी आयोग मोरङको पूर्व अध्यक्ष तथा नेकपा एसबाट प्रदेश न. १ को लागी समानुपतिक पद्का उम्मेद्धवार मानप्रसाद लिम्बु , प्रतिनिधी सभाको लागी समानुपातिक सांसदको उम्मेद्धवार कृष्णकुमारी बिक नेपाली कांग्रेसका नेता तथा सुकुम्बासी आयोग मोरङका पुर्व अध्यक्ष प्रतिनिधी सभाको लागी समानुपातिक तर्फको उम्मेद्धवार बसन्त भट्टराई लगायतको बलिय साथ रहेको छ ।

तपाईको प्रतिक्रिया