
पथरी । मोरङ क्षेत्र न. ३ (क) को उम्मेद्धवार शेखचन्द्र थापाको निधन भएको छ ।
वन वातावरण तथा भू संरक्षण मन्त्रालय समेत सम्हाली रहेका थापाको नोवेल अस्पताल विराटनगरमा आज दिउसो ११ बजे निधन भएको हो । डेङगुबाट संक्रमण भए पछि नोवेल अस्पतालमा उपचाररत थापाको थप उपचारको लागी काठमाण्डौंको हेम्स अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो थियो ।
स्वास्थ्यमा केही सुधार आए पछि पुन: नोवेलमा ल्याएर डाक्टरको सल्लाह अनुसार केहीदिनका लागी अब्जरभेसनमा राखिएको शेखर थापाका सचिवालय जनाएको छ ।






