
पथरी । साझ लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धवार शेखरचन्द्र थापाको निधन भए पछि निर्वाचनको कार्यक्रम स्थागित गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. ३ मोरङ, प्रदेशसभा निर्वाचन क्षेत्र न. (क) मोरङका अधिकृतले सुचना जारी गर्दै निर्वाचनको कार्यक्रम स्थगित गरेको हो ।
उम्मेद्धवार थापाको निधन भएको २३ गते बुधवार दिउसो १ बजेको समयमा आधिकारीक जानकारी आएको जनाउदै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३२ को उपदफा (२) बमोजिम, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ३२ को उपदफा (२) बमोजिम निर्वाचन क्षेत्र न. ३ (१) को सम्पूर्ण निर्वाचनको कार्यक्रम स्थगित गरिएको सुचनामा जानकारी दिएको छ ।






