पथरी । वन वातावरण तथा भूसंरक्षणमन्त्री स्वा: शेखचन्द्र थापाको अन्त्येष्टी आज बुधवार बेलुका नै गरिने भएको छ ।
स्वा. थापाको पार्थिव शरिर पथरीशनिश्चरे ९ शनिश्चरे पश्चिम डाँसगंगा (डासखोला) मा गरिने भएको हो ।
स्वार्गिय थापाको सम्बद्ध रहेका रोशन पराजुली जानकारी दिए अनुसार यो समाचार तयार पार्दासम्मा विराटनगर नोवेल अस्पतालबाट हिडाई सकिएको बताए ।
स्वा: थापाको पार्थिव शरिरलाई प्रहरी निरिक्षक (इन्सपेक्टर)को नेतृत्वमा सलामी दिने कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
अन्त्येष्टी कार्यक्रमको सम्पूर्ण तयारी भई सकेको नेपाली कांग्रेस पार्टीको पथरीशनिश्चरे नगर समितिले जानकारी गराएको छ ।
मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा संयुत्त लोकतान्त्री बाम गठबन्धनको तर्फबाट मोरङ क्षेत्र न. ३ (क) प्रदेश सभा सदस्य पदको लागी प्रत्यक्ष तर्फको उम्मेद्धवार हुन । स्वा. थापा नेपाली कांग्रेसबाट टिकट लिएर चुनाबि मैदान आएका थिए भने डेङगु संक्रमण र निमोनिया रोगबाट ग्रसित थिए ।

तपाईको प्रतिक्रिया