
पथरी । पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधी एपिएफले उचालेको छ ।
बुधवार भएको फाइनल खेलमा ए पि एफ काठमाण्डांंैले राजारानी क्लव धनकुटालाई जिरोका बिरुद्ध १ गोलले पराजित गर्दै बेलबारी गोल्डकपको उपाधी चुमेको हो ।
सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी धनकुटा फाइनलको यात्रा तय गरेका थियो भने विभागिय टोली एपिएफले आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोलान्तरले पाखा लगाएर फाइनल प्रबेश गरेको थियो ।
खेलको म्यान अफ द म्याच गोल कर्ता हरि कार्की घोषित भए भने वेष्ट गोल किपर एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर मनि लामा ए पि एफ, वेष्ट स्टाईकर बुद्घ चेम्जोङ राजारानी, वेष्ट कोच सुदिप श्रेष्ट सस्स्त्र, राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाई स्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोप बहादुर विष्ट ससस्त्र घोषीत भए ।
प्रतियोगिताको विजेता ए पि एफले नगद ८ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता राजारानी क्लव धनकुटाले नगद ४ लाख १ हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन । म्यान अफ द म्याचले ५ हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी थिए ।






