पथरी । मंसिर४ गते सम्पन्न हुने क्षेत्र नम्बर ३ (क) को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूले पाएका छन । बेलबारी नग।पालिका ८ का लिम्बूलाई उनको पार्टी नेपाली कांग्रेसले टिकट दिएको हो ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश न. १ को वन वातावरण तथा भु संरक्षण मन्त्री रहेका शेखर चन्द्र थापाको निधन भए पछि रित्त रहेको ठाउमा पार्टीले लिम्बुलाई प्रदेश न. १ को प्रदेशसभा सदस्य पद्को उम्मेद्धवारी दिएर पठाएको हो ।
नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको बताए । लिम्बूले केही समयपछि मनोनयन दर्ता गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया