पथरी । नेपाली कांग्रेसबाट टिकट पाएर साझा लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मद्धवार बनेर आएका मानबहादुर लिम्बुले आफुलाई जनताले जिताएर पठाएमा गरिव जनताको जीवन स्तर उकास्न खर्च गर्ने बताएका छन ।
मोरङ क्षेत्र न. ३ (क) बाट प्रदेश सभा सदस्य पद्मा उम्मेद्धवार बनेर आएका लिम्बुले समाज भन्दा ठुलो पार्टी नहुने भन्दै समाजमा बसेको समुदायको आर्थिक अवस्था मजबुद भए मात्रै देश समृद्ध हुने बताउदै गरिव जनताको अर्थतन्त्रमा विकासमा केन्द्रीत भएर काम गर्ने बताएका हुन ।
आफुले पाउने सेवा सुबिधाको तलव भत्तालाई समुदाय केन्द्रित समुह बनाएर बैंक खाता खोली सिधै उनिहरुको खातामा जम्मा हुनेगरि काम अगाडी बढाउने बताए ।
शुक्रवार पथरीशनिश्चरे नगर वडा न. २ को गठबन्धनको सम्र्पक कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उम्मेद्धलवार लिम्बुले यस्ता कुरा बताएका थिए ।
आफु ४२ सालको सत्यग्रहमा आन्दोलनको घोषणा हुदा हलो जोत्दा जोत्दै आन्दोलन गर्न निस्केको स्मरण गर्दै यो देशको कुनै पनि कुनामा आफनो नाममा एक टुक्रा पनि सम्पती नरहेको बताउदै साझा आफु अहिले पनि त्यही सोही ठाँउमा नै गोरु जोत्ने गरेको बताए ।
वन वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा प्रति श्रदाञ्जली समेत ब्यात्त गरेका थिए । स्वा. थापाको निधन भए पश्चात रित्त स्थानमा उम्मेद्धवार बनाएर लिम्बुलाई अगाडी बढाए छ ।

तपाईको प्रतिक्रिया