
पथरी । पथरी नगर अस्पतालमा आज मंगलबार बिहानबाट गाइने सेवा सुचारु भएको छ ।
डा. गरिमा भण्डारी आइतबार, मंगलबार र बिहिबार सेवा उपलब्ध गराउने उदेश्य सहित गाइने सेवा सुरु भएको हो । हप्तामा ३ दिन बिहान ७ देखी बिहान ९ बजेसम्मा सेवा उपलब्ध हुनेछ ।
यस भन्दा अगाडी हडडी तथा नसारोग बिशेषज्ञ डा. रबिकुमार शाह हप्ताको २ दिन आइतबार र बुधबार सेवा उपलब्ध हुनेछ भने फिजिसियन डा. अभिषेक थपालिय सोमबार र शुक्रबार सेवा उपलब्ध गराइरहेको नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए ।
रेडियोलोजीष्ट डा. बिशाल प्रतिक मिश्र सोमबार बुधबार शुक्रबार
उपलब्ध गराईरहेका छन मानसिक रोग बिशेषज्ञ डा. कन्चन दाहाल महिना को १ पटक सेवा प्रदान गर्दै आइरहेको छ । २४ सै घण्टा इमरेजेन्सी तथा इन्डोर सेवा ३ जना एमबिबिएस डाक्टरले सेवा प्रदान गरिरहेका छन ।







