
पथरी । मोरङ क्षेत्र न. ३ (क) बाट संयुत्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार मानबहादुर लिम्बुलाई साख जोगाउने हतारो छ ।
७४ सालको निर्वाचनमा बाम गठबन्धन गरेर पनि कांग्रेसका उम्मेद्धवार सुयर्माराज राईले पराजित गरेको यस क्षेत्रमा हाल मानबहादुर लिम्बु साख जोगाउदै जितको किल्ला बलियो बनाउने रणनितिमा छन ।
मानबहादुर लिम्बुसंग प्रतिस्पर्धामा रहेका पथरीशनिश्चरे नगरका पूर्वप्रमुख दिलिप राई कमजोड उम्मेद्धवार नभए पनि गठबन्धनका कारण मानबहादुर लिम्बु बलियो उम्मेद्धवार देखिन्छ ।
वन वातावरण तथा भु संरक्षणमन्त्री शेखरचन्द्र थापालाई अगाडी सारेको गठबन्धनले उनको निधन भए पछि लिम्बुलाई उम्मेद्धवार बनाएर पठायो ।
निर्वाचन लडन सुयर्माराज राई सक्षम हुदा पनि उम्मेद्धवारको लागी पात्र फेरेर ल्याएको कांग्रेसले सुकुम्बासी तथा त्यागी नेताको रुपमा चिनिने मानबहादुर लिम्बुलाई अगाडी सार्दा दिलिप राईसंग प्रतिसपर्धा गर्न सजिलो हुने देखेर अगाडी सारेको कांग्रेसजन बताउछन ।
दिलिप राईसंग मानबहादुरको प्रतिसपर्धा हुदै गर्दा मतदाताहरुको नयाँ अनुहार हेर्ने मनोबिज्ञानलाई बुझेर नै अगाडी सारेको देखिन्छ ।
मानबहादुर लिम्बुको साथमा माओबादी केन्द्र र नेकपा एसको पुरै टिम छ । नेकपा एमाले फुटेर बनेको नेकपा एकिकृत समाजबादीका नेता तथा डा. देउमान सम्बाहाम्फे सभाषद चण्डीप्रसाद राई, टंक भण्डारी किष्णाकुमारी राई, किष्णाकुमारी बिक, मानप्रसाद लिम्बु, कुमार चाम्लीङ, दिपक बस्नेत तुलसी ढकाल जस्ता नेताहरु छन ।
टिकटको बिषयलाई लिएर असन्तुष्ट बनेका एमालेमा प्रभावसाली राजनिति गर्ने नेताहरु १ न. प्रदेश सदस्य रामकुमार बस्नेत, मोरङ जिल्ला सदस्य धनकुमार तामाङ, केन्द्रिय सदस्य गिता सिवाहरुको साथ दिलिप राईलाई छैन ।
प्रताप थापा, राजकुमार बस्नेत, मधु गुरुङहरुले गत असोज २३ गते नै पार्टी परित्याग गरेको प्रेस बिज्ञप्ती जारी गरी राजिनामा दिएर बसेका छन । स्थानिय मतदाताहरु पनि नया अनुहारलाई मतदान गरेर अवसर दिदा बढी प्रभावकारी हुने सामाजिक सञ्जालहरुमा पोष्ट गरिरहेका देखिन्छ ।






