पथरी । भारतसंग नाका जोडिएको सिमानाका बिहिबार राती १२ बजेदेखी सम्पूर्ण रुपमा बन्द हुने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर ४ गते राती १२ बजेसम्मा नाकाबन्दी हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले एक सुचना जारी गर्दै नाकाबन्दी हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया