
पथरी । संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धवार सुनिल शर्माले अझ बढी जनताको सेवा गर्ने बताउदै मतदातालाई बिजयी गरेर पठाउन अनुरोध गरेका छन ।
मोरङ क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्य पद्को लागी नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेर आएका डा. शर्माले आम मतदातासँग मत दिएर जिताउन अपिल गरेका हुन् ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रचार प्रसारको क्रममा कार्यकर्ताको योगदान मतदाताले देखाएको सदभाव र क्षेत्रबासी जनताको अपार समर्थन र सहयोग पाएको भन्दै कृतज्ञता व्यक्त गरे ।
डा. शर्माले सवै मतदाताको घर घरसम्म पुग्ने मेरो ईच्छा हुँदाहुँदै पनि समयको सिमितताको कारण आइपुग्न नसकेको बताउदै मत प्रदान गरेर जिते पछि सबैको घरमा सेवा गर्न आउने जनाएका छन ।
डा. शर्माले जारी गरेको विज्ञप्तिमा ३ (क) का मेरा सहयात्री उम्मेदवार आदरणीय नेता शेखरचन्द्र थापाको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन । शोकलाई शक्तिमा बदलेर मलाई रुख चिन्हमा, प्रदेश सभा ३ (क) का उम्मेद्वार मानबहादुर लिम्बुलाई रुखमा तथा प्रदेश ३ (ख) का उम्मेद्वार लक्ष्मी प्रसाद श्रेष्ठलाई कलम चिन्हमा मतदान गरि अत्यधिक मतले बिजयी गराई दिनुहुन अपिल गरेकाछन् ।






