पथरी । ब्यवसायलाई नयाँ आयम दिएर सन्तोष बिक घरघरमा “कपाल बोलाउ” पेशा सुरु गरेका छन ।
३४ वर्ष उनिका उनले घरघरमा पुगेर नै ग्राहकको कपाल काटने ब्यवसाय सुरु गरेका हुन । पथरीशनिशचरे ७ लामाटोलका स्थाइ बासिन्दा उनि यहि पेशालाई नै निरन्तरता दिने बताए । मोवाइल नम्बर ९८०७०४५४०२ फोन गरेर बोलाएमा उनि घरमा मोटरसाइकल पुग्छन । मोटरसाइकलमा चढेर एउटा झोलामा कपाल काटने कैंची, मेसिन, ब्रस, काइयो कपडा बोकेर हिडछन । कपाल काटेको १२० र कपाल सहित दाह्री काटेको १७० रुपैयाँसम्मा लिन्छन, दैनिक ४ देखी ७ जनासम्मा, ग्राहकको काम गर्छन ।

तपाईको प्रतिक्रिया