
पथरी । मोरङ क्षेत्र ३ मत गणना १२ बजे पछि मात्रै सुरुहुने अनुमान गरिएको छ । बेलबारीको भगवती माबिमा अहिले सर्बदलिय बैठक सञ्चालन भईरहेकोले १२ बजे पछि मात्रै मत गणनाको काम सुरु हुने अनुमान गरिएको हो ।
बैठक सम्पन्न भए पश्चात खाना खाएर सुरु गर्ने तयारी रहेको छ । यस क्षेत्रमा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ ।






