पथरी । मोरङ ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा.सुनिल शर्माले क्षेत्रबासीलाई निशुल्क उपचार गर्ने उदेश्यले ५० सैया क्याविन उदघाटन गरेका छ्न ।
नोवेल अस्पताल विराटनगरको तेस्रो तलामा सौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेट रहने गरि क्याविनको आइतवार उदघटन गरेका हुन ।
आफ्ना क्षेत्रका जनता बिरामी भएमा यस क्याबिनमा राखेर निशुल्क रुपमा उपचार गर्ने उदेश्यले संचालनमा ल्याएको अस्पताल प्रसासनले जानकारी दिएको छ । आज आइतवार उदघाट्न गरिए पनि दिउँसो ११ बजेको समयसम्म कुनै बिरामी भर्ना भएका थिएनन ।
क्याबिनमा आवश्यक दक्ष जनशक्ति आवश्यत्ता अनुसार परिचालन गर्ने तयारी अवस्थामा रहेको अस्पताल प्रशसनले जानकारी दियो ।

तपाईको प्रतिक्रिया