
बाबुराम राई
पथरी । पथरीका लागी बाबुराम राई एउटा हस्ती हो । पथरी नगर अस्पतालको चौतर्फी विकास हुन संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको भुमिका महत्वपूर्ण हुन्छ नै । स्थानियबासीको योगदान त्यती महत्वपूर्ण हुन्छ । तर ब्यात्तीगत रुपमा बाबुराम राईको योगदानलाई पनि कम आक्न मिल्दैन ।

अस्पताल परिसरमा बाबुराम राई ।
पथरी नगर अस्पतालको यो सुन्दर मुहार र उज्वल भबिष्य निर्माण हुनुमा स्थानियबासीको योगदान प्रसस्तै छ । तिनै स्थानियबासी मध्येबाट अस्पतालको चौतर्फी विकासमा दिलो ज्यान दिएर लागी परेको एउटा पात्रको नाम हो तिनै बाबुराम राई ।
बाबुराम राईको २ छोरा र श्रीमती सहित परिवार काठमाण्डौंमा बुढानिलकण्ठमा घरमा बस्छन । एउटा छोरा अलि अपाङग छ । बाबुराम राईको ति छोरालाई बाबुको तिर्सना लागेको समयमा फोन गर्छन । बाबा कता हुनुहुन्छ ? यता बाबुराम राईले भन्छन्, छोरा म अस्पतालमा छु । फोनमा बोलेर बाबु प्रतिको तिर्सना छोरालाई मेटिए पछि छोराले फोन राख्छ ।
सातौं वर्ष भयो बाबुराम राई पथरी नगर अस्पतालमा निरन्तर खटेर लागेको । सबै जना स्थानियहरुले अस्पताल निर्माण गर्न जग्गा दिए । बाबुरामले पनि ६ कठठा जग्गा दिए । सबै जना मिलेर दिएको जग्गामा अहिले ५० शैयाको अस्पतालको भवन निर्माण भइरहेको छ ।
अहिलेको चलनचल्तीको भाउमा बाबुराम राईले मात्रै अस्पताललाई दिएको जग्गाको मुल्य करिब ६ करोड रुपैयाँ जति पर्न जान्छ ।
बाबुराम राई अस्पताल रेखदेख, भवन निर्माण तथा जग्गा खोजविन समितिको संयोजकको जिम्मेवारी सम्हाली रहेका छन । चाडपर्वमा, अस्पतालकै काम लिएर र आफनो पारिवारिक नगै नहुदा घर जान्छन् । प्लेनमा ओहोर दोहोर गर्दा करिब १७ हजार रुपैयाँ खर्च हुन्छ । आफै बोहर्छन । बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्मा पथरी नगर अस्पतालमा खटिन्छन् ।
निर्माणधिन अवस्थामा रहेको अस्पतालको भवनमा मजदुरहरुसंगै खटिन्छन् । ठेकेदार कम्पनीबाट खटिएका कर्मचारीको रेखदेख गर्छन । काम बिग्रीए बनाउन सुझाव दिन्छन । मानेन भने थर्काउन पनि भियाइहाल्छन ।

निर्माणाधिन अवस्थामा रहेको अस्पतालको भवनको पिल्लर भिजाउदै । त्यहा काम गर्ने मजदुरले नभियाएको अवस्थामा पानी लगाउदै थिए ।
घर परिवार काठमाण्डौंमा राखेर अस्पताल निर्माण सम्पन्न गर्ने पबित्र उदेश्यमा तल्लीन छन बाबुराम राई । कोरोनाले बिश्वब्यापी तहल्का मच्चाइ रहदा बाबुराम राई स्वयमसेवक भएर बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न ब्यास्त अवस्थामा भेटिन्थे ।
बिरामीको उपचारको लागी अस्पतालमा आवश्यक सामग्री ब्यवस्थापन गर्न मुख्य भूमिका निर्वाह गर्थे ।
अहिले अस्पतालमा सेवा लिन आउने मानिसको लर्को देख्दा खुसी भाव प्रकट गरेर मुसुक्क हास्दै भन्छन, अझै धेरै काम गर्न बाँकी छ ।






