
पथरी । प्रहरी ६० केजी गाँजा सहित सरोज राईलाई पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका ६ साँगुरीबाट ताप्ली गाँउपालिका २ का वर्ष २७ बर्षिय सरोज राईलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले बोरामा बोकेर हिडिरहेका राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दियो ।






