पथरी । राजनितिक रुपमा हवाहुन्डरी नआए माओबादी केन्द्रको समानुपातिक लिष्टबाट ४ जना महिला नेतृहरु सांसद बन्दैछन ।
माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसुची अनुसार आदिवासी जनजाति कोटामा पहिलो नम्बरमा नाम भएकी झापाकी बन्दना झाँगर, आदिवासी जनजातिको दोस्रो नम्बरमा नाम भएकी उदयपुरकी सम्झना तामाङ थाम्सुहाङ, खसआर्यको पहिलो नम्बरमा नाम भएकी मोरङकी गीता तिम्सिना र दलिततर्फ पहिलो नम्बरमा नाम भएकी सुनसरीकी सपना दर्जी निश्चित प्राय छ ।
माओवादीबाट प्रदेशसभा सदस्य हुने चारै जना महिलाहरु जनयुद्धकै समयदेखि माओवादी आन्दोलनमा सक्रिय नेतृहरु हुन । वर्ष ४० की गिता तिम्सिना वर्ष ३६ दर्जी पार्टीको केन्द्रीय सदस्य हुन भने वर्ष ३६ झाँगर र वर्ष ४० तामाङ प्रदेश समिति सदस्य हुन ।

तपाईको प्रतिक्रिया