
ध्यानाकर्षण पत्र बुझाउन गएको संचार संस्था र संगठनको नेतृत्व टोली सामुहिक रुपमा खिचिएको तस्वीर ।
पथरी । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको विषयलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुर सहित ४ संगठनले बिरोध जनाएका छन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष भरत खडका प्रेस चौतारी नेपालका उदयपुर कार्यबहाक अध्यक्ष पुरुषोतम सापकोटा, प्रेस युनियन नेपालका उदयपुर अध्यक्ष पर्शुराम थापा, प्रेस सेन्टर नेपालका उदयपुर अध्यक्ष सुपराज राई, फोनिजका उदयपुर अध्यक्ष दुर्गानन्द चौधरीले संयुत्त बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ल शाखा उदयपुरका निवर्तमान सहसचिव समेत रहेका राईलाई बिगत ८ दिन अगाडी साइवर क्राइम गरेको अभियोगमा प्रहरीले समाचार संकलन गरिरहेकै स्थानबाट पक्राउ गरेको थियो ।
रेडियो नेपालको उदयपुर संवाददाता, फोटो पत्रकार महासंघको केन्द्रीय सचिव, नेपाल आदिबासी जनजाती महासंघ (फोनिज) केन्द्रीय सदस्य समेत रहेका राईलाई ३ दिन भित्र बिना सर्त रिहाई गर्नु पर्ने माग गरिएको छ ।
गृह मन्त्रालय सिहंदरबार काठमाण्डौंलाई सम्बोधन गरेर प्रमुख जिल्ला अधिकारी उदयपुर मार्फत पठाइएको ध्यानाकर्षण साइनोमा ससुरा बुहारी पर्ने समाचारका पात्रहरु उदयपुरकै उर्मिला राउत र युबराज कार्की बिचको अनैतिक सम्बन्धको बिषय बनाएर पत्रकार राई संचालक रहेको निगरानी पोष्ट डटकममा समाचार प्रकाशन गरेका थिए ।
बिज्ञप्तीमा जनाइए अनुसार राउत र कार्की बिचको सम्बन्धको बिषयमा सामाजिक रुपमा छलफल हुदा एकअर्काको गल्ती कमजोरी स्वीकार गरेको र त्यसैको प्रमाणको रुपमा त्यस छलफलमा गरिएको कागज प्रमाण हुदा हुदै पनि पत्रकारलाई तह लगाउने बदनियत पूर्ण ढंग भएको जनाएको छ ।
३ दिन भित्रमा पत्रकार राईलाई बिना सर्त रिहा नगरिए देशभरका कलमजिवीहरु अन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।






