
पथरी । मनकामना सामुदायिक वन उपभोत्ता समुहको १४ औं साधरण सभा सम्पन्न भएको छ ।
वन समुहको कार्यालय परिसरमा खुल्ला मञ्चमा आयोजना गरिएको १४ औं साधरण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पथरीशनिश्चरे वडा नं. १ का अध्यक्ष भीमकुमार राईले वडामा रहेका विवादरहित सामुदायिक वनहरूलाई वडाले सक्ने सहयोग गर्ने बताए ।
साधारणसभा कार्यक्रममा सचिव स्मृता राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष यामबहादुर चोङबाङले आर्थिक प्रतिवेदन र अध्यक्ष दिनेश राईले भावी योजना र नीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुन्दर सामुदायिक वनका अध्यक्ष मानबहादुर पाठक, सुनाखरी माविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, वन फरेस्टर प्रदिप कुँवर, ओमप्रकाश राई र सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष रविन्द्र राईले आफना भनाई राखेका थिए ।






