पथरी । १२ बर्षको एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी १ का खेमराज गिरी पक्राउ परेका छन ।
मंसिर १८ गते इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुर स्थित आफनै घरमा बसी रहेकी ति बालिकालाई कोही घरपरिवारमा कोही नभएको अवस्था जबरजस्ती गर्ने गिरी पक्राउ परेका हुन ।
बेलुकाको समयमा बालिका चिच्याएको स्थानीयबासीले थाहा पाए पछि उनलाई पक्राउ गरिएको थियो ।
आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोप गिरीमाथि लागेको हो । पिडित बालिकाको बाबु बैदेशिक रोजगारीमा छन भने आमा पहाड गएको अवस्थामा छिमेकी समेत रहेका गिरीले उनि माथि जबरजस्ती करनी गरेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भीमबहादुर खड्काले जनाए ।

तपाईको प्रतिक्रिया