पथरी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका पूर्व सह सचिव तथा रेडियो नेपालका जिल्ला संवाददाता गजेन्द्र राईको रिहाईको माग गरिएको छ ।
मोरङको पथरीशनिश्चरे स्थित साकेलाथानमा विरोध कार्यक्रमको आयोजन गर्दै पूर्वि मोरङको संचारकर्मी तथा स्थानियहरुले उपस्थित भएर रिहाईको माग गरिएको हो ।
किरात राई पत्रका संघ मोरङको अगुवाईमा भेला भई पत्रकार राई बिरुद्घ प्रहरीले चलाएको कार्वाही कानुन विपरित भएको भन्दै तत्काल रिहाई गरेर निर्वाध रुपमा समाचार लेख्ने वातावरण तयार गरिदिन सरकारसंग माग गरेको थियो ।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले सरकारले राईलाई तत्काल रिहाई नभए कालो पटि बाध्ने, पेन डाउन र सम्पादकीयमा कालो पोत्नेसम्मको आन्दोलन हुने बताए ।
प्रेस सेन्टर नेपालका केन्दीय सदस्य तथा किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले संचारकर्मीलाई लगाम डोरीले बाध्न खोज्नु गलत रहेको बताए ।
यस्तै शिक्षासेवी प्रदिपकुमार राईले सत्यतथ्य समाचारको हकदार जनता रहेको भन्दै पक्राउ गरिएका पत्रकारलाई तुरुन्तै रिहा गर्न माग गरे । कार्यक्रममा उपस्थित संचारकर्मी तथा नागरिक अभियान्ताहरुले रिहाईको लागी नाराबाजी समेत गरेका थिए । तस्वीर सौजन्य फोटो पत्रकार गोपाल काफले

तपाईको प्रतिक्रिया