
पथरी । समाचार लेखेकै कारण उजुरी परेको आधारमा नेपाल प्रहरीले हिरासतमा लिएका पत्रकार गजेन्द्र राईको पक्षमा ३ जना अधिबत्ताहरुले बहस गर्ने भएका छन ।
पत्रकार राईको पक्षमा वरिष्ठ अधिबक्ता सतिसकृष्ण खरेल,अधिबक्ता बिषण खालिङ राई र अधिबक्ता मन कुमार राईले बहस गर्ने भएका हुन ।
आज शुक्रबार काठमाण्डौं जिल्ला अदालत दिनको १२ बजे पत्रकार राईलाई बयानका लागी ल्याउने तयारी भईरहेको किरात राई पत्रकार संघका पूर्व महासचिव भद्रगोल किरातीले जानकारी दिए ।






