
पथरी । लेटाङ नगरपालिका ९ जाँतेको तेलिखोलामा पुलमा कार्यरत एक मजदुरको मिक्सचर मेसिनले किचेर मृत्यु भएको छ ।
२३ गते राती ९:४० बजेको समयमा सिराहा लहान घर भई पुल निर्माणको काममा ओभरसियर पदमा कार्यरत वर्ष २४ का शुनिल शाहको मृत्यु भएको हो । मृतक शाहाको को १ ख ४०७७ नम्बरको ए: मिक्सचर मेसिनले पुलमा निर्माण सामाग्री खन्याउन पछाडि सार्ने क्रममा किच्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तस्वीर र समाचार स्रोत डम्बर जाँतेली






