पथरी । औषधिको अनुचित दुरुपयोग गरेको अभियोगमा सिजन राई ११ महिना ३ दिनका लागी कारागार चलान भएका छन ।
सुनसरी धरान उप–महानगरपालिका वडा नम्बर ३ माछाभौडी बस्ने वर्ष २८ राईलाई कैद सजायका लागी झुम्का कारागार पठाइएको हो । जिल्ला अदालत सुनसरी कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७९ असार २० गते सजाय निर्धारण गर्दै ११ महिना ३ दिन कैद र नगद १० हजार जरिवाना असुल गर्न आदेस गरेको थियो ।

तपाईको प्रतिक्रिया