
पथरी । पथरी बहुमुखी क्याम्पसको सञ्चालक समितिले बिद्यार्थीको ढाड सेक्न शुल्क बृदी बिरुद्ध ज्ञापन पत्र बुझाएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, पथरी बहुमुखी क्याम्पस कमिटिले शुल्क बृदि गरेको बिषयमा आपत्ती जनाउदै यो कदम फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
क्याम्पस प्रशासन र सन्चालक समितिले आफ्नो मनोमानी ढंगबाट बार्षिक शुल्क बृद्धि गरेको भन्दै फिर्ता लिन माग गरिएको अनेरास्वबियू क्याम्पस कमिटिले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
बृदी भएको शुल्क फिर्ता नलिए क्याम्पसमा हुने नोक्सानीको जिम्मेवारी स्वयमले लिनु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।






