पथरी । इलाका प्रहरी कार्यालय पथरीले चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न युवालाई पक्राउ गरेको छ ।
मंसिर २६ गते चेकिङको क्रममा प्रहरीले पथरीशनिश्चरे वडा नं १० महेन्द्र राजमार्गबाट मे ५ प २१५१ न. मोटरसाइकल सहित मिक्लाजुङ गा.पा. ६ बस्ने वर्ष १९ को अनिश मगरलाई पक्राउ गरेको हो । मगरले मिक्लाजुङ ७ बस्ने मनोज कुमार सुबेदीको घर आँगनमा पार्कीङ गरी राखेको अवस्थामा चोरी गरेको भनी स्वीकार गरेको प्रहरीले जनाएको छ ।
चोरी भएको स्थान इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको सुरक्षा माताहत क्षेत्र पर्ने भएकोले उर्लाबारीनै पठाईएको पथरी प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया