
पिडितहरुको तस्वीर
पथरी । पथरीशनिश्चरे नगरका ७ जना सहित अन्य २ जना मानिसलाई ठगेर एक ब्यात्ती फरार भएका छन ।
भोजपुर सिन्द्राङ ८ का जयराम राईले बैदेशिक रोजगारीको लागी दबईको केएफसी कम्पनीमा पठाईदिन्छु भनी ३ लाख ७० हजार रकम ठगेर हाल फरार रहेका हुन ।


राईलाई आइएमइ गरि पठाएको पैसाको प्रमाण ।
इन्टरनेटमा उत्त भिसा चेक गर्दा अहिले (नटफम) भनेर देखाउने गरेको पिडितहरुको भनाई रहेको छ । उनिहरुका अनुसार यो भिसा नै नक्कली रहेको आशंका गरेका छन ।

पिडितहरुलाई भिसा भनेर दिएको प्रमाण
पिडितहरु मध्ये माया पैजो गुरुङ निरज पैंजो गुरुङ, सबिन पैंजो गरुङ एकाघर परिवारको आमाछोरा राई भाई हुन भने भोगजित राई र शान्ता लिम्बु श्रीमान श्रीमती हुन । काठमाण्डांंैमा १५ दिन देखी बसिरहेको माया पैजो गुरुङ पथरीशनिश्चरे नगरपालिकाको पूर्व कार्यपालिका सदस्य समेत हुन ।
पिडितहरुसंग प्रमाणको रुपमा हाल ठगेर फरार रहेका जयराम राईको नागरिकताको फोटोकपी, जयराम राईले माया पैजो गुरुङको नाममा दिएको ४५ हजार रुपैयाँको एनआइसि एसिया बैङकको चेक, राईलाई पठाएको रकम आइएमइ कागजपत्रहरु सुरक्षित रहेको छ ।






