
पथरी । जंगली हात्तीले आक्रमणमा परि एक पुरुषको मृत्यु भएको छ । बाह्रदशी गाउपालिका–१ झापाका वर्ष ३७ का जगत भुजेल घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।
कचनकवल गाउपालिका–१ झापामा उनलाई आक्रमण गरेको थियो ।
मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






