कथाको सुरुवाता
पथरी । रवस र रंगमञ्चको एउटा पात्रको नाम हो पर्वत लामा । जो ४० वर्षदेखी निरन्तर रंगमञ्चको एउटा तप्कालाई नेतृत्व गरेर निरन्तर लागेका छन ।
नेपाली गितसंगितको हस्तीहरुलाई ल्याएर उफारेका छन । दर्शकलाई मनोरञ्जन प्रदान दिलाएका छन । पिङ खेलाएका छन । सर्कस देखाएका छन । केटाकेटीको बालमनोबिज्ञानलाई खुसी पार्ने खेल प्रर्दशन गरेका छन । यसरी नै बितेको छ पर्वत लामाको ४० वर्षदेखीको दैनिकी ।
जन्म स्थान र बसाई सराई
भोजपुरको रामप्रसाद राई गाउँपालिका (कटुन्जे) मा २०२३ सालमा जन्मीएका लामाको परिवार २०३१ सालदेखी दमक झापामा बसाइ झरेका थिए । सानैदेखी रवस मन पारउने लामाले २०३९ सालदेखी मेला, महोत्वसवको लगाउदै आएका छन । लामाको पेशा नै यहि हो ।
मेला महोत्वसव ठेक्का
२०३९ सालमा सर्लाहीको हरिवनबाट मेलाको ठेक्का लिएर काम सुरु गरेका लामाले अहिलेसम्मा निरन्तर त्यही पेशालाई नै निरन्तर दिदै आएका छन । अहिले प्रदेश न. १, मधेश प्रदेश र गण्डकी प्रदेशमा लाग्ने र लगाइने मेला महोत्वसवको ठेकेदारहरु मध्ये सबै भन्दा पुरानो र अब्बल रुपमा पर्वत लामा (माइला दाई) को नाम दर्ज भएको छ ।
४० वर्षदेखी एउटै पेशामा निरन्तर टिक्न सक्नु जोक होइन । सबैलाई माया गरे, माया नै पाइन्छ, सबैलाई सम्मान गरे आफुले पनि सम्मान नै पाइन्छ भन्ने सिदान्तबाट प्रेरणा मिलेको बताउछन । मेला महोत्वसव लगाउने काम नै गाह्रो बिषय हो । अर्काको गाउँमा गएर, आफनो बनाएर काम गर्नु पर्छ । नेपालमा नै सबै भन्दा पुरानो ठेकेदार रहेका लामाको चिनापर्ची पनि पुरानै भएको हुनाले सबैसंग मिलेर काम गर्ने खुबी रहेको छ ।
कलाकार र पारिश्रामिक
नेपाली सांगितक आकासको चर्चामा रहेका गायक गायिकालाई स्टेजमा उतारेर दर्शकलाई मनोरञ्जन दिलाउछन ।
हालसम्मा सबैभन्दा बढी पारिश्रामीक लाउरेलाई दिएका छन । लाउरेलाई करिब ४ लाख रुपैयाँ पारिश्रमिक लिने गरेको बताउछन । भिटेनलाई ३ लाख ५० हजार रुपैयाँ दिएर दर्शकलाई मनोरञ्जन दिएको बताउछन ।
राजेशपायल राईलाई १ लाख ५० हजार पारिश्रमिक दिने गरेको पर्वत लामा बताउछन । प्रमोद खरेल, मेलिना राई, शिव परियार जोती मगर लगायत दर्जनौ कलाकारलाई उतारेर दर्शकलाई मनोरञ्जन दिदै आएका छन ।
स्टेजमा उतार्न नसकेका राजु लामा
४० वर्षदेखी पर्वत लामाले आजसम्माको कार्यक्रमहरुमा गायक राजु लामा र राजु लामाको ब्याण्ड मंगोलियन हर्टलाई कुनै पनि स्टेजमा उतार्न सकेका छैनन । १६ लाख रुपैयाँ पारिश्रमिक माग्ने भएकोले अहिलेसम्मा राजु लामा सहितलाई उतार्न नसकेको बताउछन ।
ब्यवसाय र रोजगारी
पर्वत लामा नितान्त आफै मात्र ब्यवसायिक मेला महोत्वसव ठेकेदार होइनन । लामासंगै मेला लाइनमा हिडने दैनिक २ सय जना भन्दा बढी मानिसलाई रोजगारी दिएका छन । मनोरञ्जन एउटा पाटो भए पनि त्यस भित्र झण्डै ४ सय जनाको पेट पाल्ने जिम्मेवारी पर्वत लामाकै काँधमा छ ।
मेला महोत्वसव भित्र राखिएको स्टल सञ्चालकहरुलाई स्टलको पैसा घरबाट ल्याएर तिर्नु पर्दैन भन्छन । मेला भित्रै कमाई हुन्छ भने तिर्नु नत्र पर्दैन ।
पर्वतको परिवार
दमक घरमा उनको श्रीमती लक्ष्मीदेवी तामाङ बस्छीन । छोरा अमेरीकामा छन । छोरा महेश डिजाइनका काम गर्ने भएको हुनाले अमेरिकामा मासिक सरदर १० लाख रुपैयाँसम्मा कमाउछन । केही समय अगाडीसम्मा काठमाण्डौंको ठमेलमा चल्तीको रेष्टुरेन्ट थियो । रेष्टुरेन्ट अहिले पनि चल्दैछ । त्यसलाई बेचेर छोरा अमेरीका गएका थिए । अझै शरिर र समयले साथ दिए मेला महोत्वसवमा काम गर्ने रहर रहेको पर्वत लामा बताउछन ।

तपाईको प्रतिक्रिया