

पथरी । प्रतिनिधि सभा सदस्यमा डोटीबाट निर्बाचित प्रेम आले र भोजपुर हतुवागढीकी समानुपातिक तर्फबाट निर्वाचित माया राईले पद तथा गोपनियताको शफथ ग्रहण गर्न बाँकी रहेको छ ।
एकिकृत समाजबादी पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेका आलेले पर्यटन मन्त्री भए पछि चर्चामा रहेसंगै लोकतान्त्रीक बाम गठबन्धनबाट निर्वाचित आलेलाई आफन्तको शोक परेको कारणले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पाएका छैनन् ।
यस्तै नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेकी माया राई आफै सुत्केरी भएको हुनाले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नपाएकी हुन ।
प्रतिनिधि सभाका अन्य सदस्यहरुलाई बिहिबार संसद भवन नयाँ बानेश्वरमा जेष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ ग्रहण गराएका थिए ।






