
पथरी । भारतिय नागरिकको गोली हानेर घाइते अवस्थामा रहेका ४५ वर्षीय शिवपुजन प्रसाद यादव मृत्यु भएको छ ।
बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिक यादवको मृत्यु भएको हो ।
भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।
कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा गोली हानेको प्रहरीले जानकारी दिएको छ ।
स्थानिय एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनायो






