
पथरी । घास काटन गएको अवस्थामा आफुलाई जेठाजुले समातेको आरोपमा हत्या गर्ने बुहारी पक्राउ परेकी छिन ।
कन्काई नगरपालिका–१० झापाको माइ नदि किनारमा बुहारी बर्ष ४८ रनमाया बास्तोलाले बर्ष ५५ का जेठाजु पदमलाल बास्तोलाको हत्या गरेको हो ।
हत्या भएका जेठाजु र हत्यामा संलग्न बुहारी एकै परिवारका जेठाजु बुहारी हुन । पुस ७ गते पदमलालको हत्या भएको थियो । पदमलालको शब घटना स्थलमा स्थानियले भेटे प्रहरीमा जानकारी गराए गराएको थियो । प्रहरी अनुसन्धानको क्रममा बुहारीको संलग्नता भेटेर प्रहरीले रनमायालाई नियन्त्रण गरेको जानकारी दिएको छ ।
हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ परेकि रनमायाको इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






