
पथरी । निर्वाचन आयोगको प्रथम प्रमुख आयुत्त सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ ।
भोजपुरको दिंगला स्थित साल्मामा विक्रम संवत् १९८४ जन्मीएका बस्नेत आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।
बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी गरेका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।
७० वर्षको उमेरमा उनले बुद्ध एयर स्थापना गरेका थिए । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् । बस्नेतका २ छोरा र १ छोरी छन् ।
अनलाइन खबरबाट साभार र सम्पादन गरिएको






