
पथरी । ३ जना बालकहरुलाई प्रहरी बेबारिसे अवस्थामा उद्धार गरेको छ । आज आइतबार पुस १७ गते दिउसोको समयमा वर्ष १३ का एन्जल लिम्बु, वर्ष ११ का सुशील लिम्बु र वर्ष १० का होमन्च मगरलाई झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरेको हो । उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (भिओसी) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






