पथरी । पथरीशनिश्चरे १० जिरिखिम्तीमा दुरघटना गराएर फरार रहेको सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंसिर १३ गतेको दिन दुरघटना गराई स्थानिय युवराज खत्रीको घटनास्थालमा नै मृत्यु भएको र दुरघटना गराउने चालक र सवारीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार ना ५ ख ८८६३ नम्बरको ट्रिपर र त्यसका चालक उर्लाबारी ४ परिवर्तनटोलका समिर बिक रहेको जनाए ।
सवारी चालक बिकलाई शुक्रबार इटहरीदेखी नियन्त्रणमा लिएको र ट्रिपरलाई शनिबार लेटाङबाट नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ । समाचार स्रोतले जनाए अनुसार पक्राउ परेका बिकको सवारी चालक अनुमतिपत्र नभएको जनाईको छ ।

तपाईको प्रतिक्रिया