
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोर्ने ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका वडा नं.–७ बर्ष २१ का रविन राजबंशी, बुढिगंगा गाउँपालिका वडा नं.–७ बर्ष २५ का पन्चदेव खवास र विराटनगर महानगरपालिका वडा नं.–१९ बर्ष २१ का विकेश खवास पक्राउ परेका हुन ।
उनिहरुलाई पुष १४ गते विराटनगर ठाकुरबाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको चोरीको मोटरसाईकल पक्राउ परेका थिए । पक्राउ परेका उनिहरु ३ जनालाई नै जिल्ला अदालत मोरङमा चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।






