
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न १ मा रहेको कवाडी भण्डारण केन्द्रहरु हटाउने अन्तीम तयारी गरिरहेको छ ।
वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले सुचना जारी गर्दै कवाडी पसल तथा भण्डारण केन्द्रहरु हटाउने अन्तीम तयारी गरेको हो । कवाडी सामान संकलन तथा भण्डारण केन्द्रमा लोड अनलोड गर्दा सडक सांघुरो भएको कारण वडा न. १ बाहिर लान सुचना जारी गरिएका वडा अध्यक्ष राईले बताए ।
बजार क्षेत्रमा मानिसको बाक्लो उपस्थिती रहेको र सवारी साधन बढी रहेको बताउदै तोकिएको समयसिमा भित्र नहटाए कारबाही वा जरिवाना गर्ने जनाइएको छ ।






