पथरी । जङगली हात्तीले घर भत्काउदा घरले किचेर बर्ष ६१ कृष्णमाया भण्डारीको मृत्यू भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका– ११ दुधेमा जङगली हात्तीको आक्रमणबाट भण्डारीको मृत्यू भएको हो ।
वन क्षेत्रबाट आएको हात्तीले घर भत्काउदा मृतकका श्रीमान वर्ष ७१ शान्तिराम भण्डारी घाइते भई हाल दमक अस्पतालमा उपचाररत अवस्थामा रहेको प्रहरीको भनाई रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीले घर भत्काईरहेको समयमा श्रीमान श्रीमती घर भित्र बसिरहेका थिए प्रहरी स्थानियले हात्ती धपाएर घाइते अवस्थामा रहेका श्रीमती भण्डारीको उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया