
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले ३ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१७ गते साढे ४ बजेको समयमा रंगेली नगरपालिका वडा नं. १ बवियाका मनोज राजंवशीको गाई गोठ, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १५ बोरा गाँजा सहित वर्ष ४२ का मनोज राजंवशी र शहिदभूमी गाउँपालिका वडा नं.–२ वर्ष २९ का बेचन भनेर चिनिने हस्त राईलाई प्रहरीले नियन्त्रणमा थियो ।
राईले प्रयोग गरेको प्रदेश न.१–०२–०५० प २७९२ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






