
पथरी । महेन्द्र राई पथरीशनिश्चरे २ का बासिन्दा हुन । भोजपुरमा जन्मीएका राईको मुख्य पेशा कृषि हो ।
कृषि पेशाले नै परिवारको जीवन चलाउदै आएका महेन्द्र राईले धानखेतीको आलवा स्थानिय लोकल जातको बिर (सुङगुरको भाले) पालेका छन ।
बिर पालनले आर्थिक आय आर्जनमा टेवा पुगेको बताउछन । केही महिना अगाडीसम्मा दैनिक २ हजार रुपैयासम्मा कमाई भए पनि अहिले फाट्टफुट्ट मात्रै माग हुने गरेको बताउछन ।
पहिलेको तुलनामा अहिले माग कम छ । एउटा घरमा बिरको माग भएमा ५ सय रुपैयाँ लिने गरेको राई बताउछन ।






