
पथरी । प्रहरीले बिभिन्न स्थानबाट ब्रउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।
कन्काई नगरपालिका–५ वर्ष २२ का गौरव चुडाल र वर्ष ४४ भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम ब्रउन सुगर मे ८ प ५३४४ नम्बरको मोटरसाईकल डिजिटल तराजु सहित पक्राउ गरेको हो । मेचीनगर नगरपालिका ६ भट्टराई चौकबाट स्थानीय २८ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र अर्जुनधारा नगरपालिका–७ का २३ बर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको थियो ।






