
पथरी । ब्राउन सुगर सहित प्रहरी २ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमक झापाले फाकफोकथुम गाँउपालिका– ४ ईलाम घर भई हाल दमक –१ कुमाल चोक बस्ने वर्ष ३९ धनराज आले र दमक – ९ वर्ष २३ अनिशा कार्कीलाई पक्राउ गरेको हो ।
बुधबार बेलुका ६ः३० बजेको समयमा प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल सहित उनिहरुलाई ८ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकमा रहेका छन । तस्वीरमा देखिएका मानिस धनराज आले हुन । तस्वीर दमक प्रहरी






